कोलम्बिया पेनाल्टीमा स्तब्ध, २२ बर्षपछि इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनलमा


Share This


नेपालबहस संवाददाता    88 Views

काठमाडौँ, २० असार । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा बहादुरीका साथ इंग्ल्याण्डलाई रोकेको कोलम्बिया पेनाल्टीमा चुक्दा विश्वकपबाट बाहिरिएको छ ।

मंगलबार राती कोलम्बियालाई पेनाल्टीमा हार चखाउदै इंग्ल्याण्ड भने विश्वकपको क्वाटरफाइनल पुगेको छ । इंग्ल्याण्डलाई २२ बर्षपछि क्वाटरफाइनलमा पुर्याउन इरिक डायरले अन्तिम पाचौँ पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

त्यसअघि मेटिस उरिबे र कार्लोस बाकाले पेनाल्टी सुटआउटमा गोल गर्न नसक्दा कोलम्बिया स्तब्ध बनेको हो । लगातार दुई जनाको पेनाल्टी रोकेका जोर्डन पिकफोर्ड इंग्ल्याण्डको जितका नायक बने ।

निर्धारित ९० मिनेटको दोश्रो हाफमा ह्यारी केनले पेनाल्टीमा गोल गरेर इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । तर थपिएको ६ मिनेटमध्ये ३ मिनेटमै यारी मिनाले गोल गरेर कोलम्बियालाई बराबरीमा पुर्याएका थिए ।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा पनि कोलम्बियाले आफ्नो बहादुरी देखायो । तर उसका लागि पेनाल्टी फापेन र इंग्ल्याण्डलाई ४ – ३ को नतिजा सुम्पियो ।

क्वारफाइनलमा इंग्ल्याण्डलाई थप सहज प्रतिद्धन्द्धी मिलेको छ । उसले अब शनिबार स्वीडेनसँग प्रतिष्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया