कलश सिमेन्टका मालिक नै सुपारी र मरिचको अवैध धन्दामा !


Share This


नेपालबहस संवाददाता    1182 Views

सुपारी किङ्ग अनिल पटवारी फरार, भन्सार अधिकृतमाथि छानविन तीव्र

काठमाडौं । सुपारी किङका रुपमा चर्चित बीरगंजका उद्योगी अनिल पटवारी एकाएक भूमिगत भएका छन् । देखाउने दांतका रुपमा सिमेन्ट उद्योगी पनि रहेका पटवारीको मुख्य धन्दा भने सुपारी र कालो मरिचको तस्करी गर्नु रहेको खुलासा भएको छ ।

गत जेठ २१ गते बीरगंजको मुख्य नाकाबाट भारततर्फ लैजान लागिएको १२ मेट्रिक टन मरिच उनैको भएको रहस्य खुलेपछि उनी मोबाइल स्वीचअफ गरी फरार भएका हुन् । पर्सा प्रहरीले नेपालबाट भारततर्फ लान लागिएको उक्त परिमाणको कालो मरिच बीरगंजको कै भन्सार नाका इनरुवाबाट पक्राउ गरेको थियो । तस्करीको सो मरिच पक्राउ गर्ने इनरवा चौकीका इन्र्चाज सई त्रिभुवन साहलाई पनि यो तस्कर समुहले सरुवा गराउन सफल भएको बताईन्छ ।

प्रहरीले मरिच तस्करी गरेको अभियोगमा ग्लोबल लेदर टेनिङ इन्डष्ट्रिज प्रा.लि. का सञ्चालक संजय अग्रवालसहित भन्सार एजेण्ट दिलीप श्रीवास्तव र ट्रक चालक भारतीय नागरिक धर्मेन्द्र कुमारलाई रङेहात पक्राउ गरी राजस्व अनुसन्धान विभागमा बुझाएको थियो । राजस्व अनुसन्धान विभागले थप अनुसन्धान गर्दा यो तस्करीका मुख्य अभियुक्त अनिल पटवारी (अग्रवाल) नै रहेको पुष्टि भएपछि उनी भूमिगत भएका हुन् ।

संघीय समाजवादी फोरमका मुख्य चन्दादाता पनि रहेका पटवारी यतिबेला काठमाडौंमै लुकेर बसेको हल्ला फैलिएपछि हाल उनी भारततिर पलायन भएको बुझिएको छ । उनलाई राजस्व अनुसन्धान विभागले तीव्र खोजी गरिरहेको जानकारी दिएको छ । भन्सार नाकामै उक्त मरिच पक्राउ परेपछि विभागले प्रहरीको सहयोगमा उनको घर तथा गोदाममा छापा मारी सबै कागजातहरु नियन्त्रणमा लिएको छ । कागजपत्र नियन्त्रणमा लिँदा पटवारी भने आफन्तको विवाह समारोहमा थाइल्याण्ड रहेको संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले नेपालबहस डटकमलाई जानकारी दिएका छन् ।

सांसद यादव अनुसार, पटवारी सबैभन्दा बढी कर तिर्ने उद्योगी व्यवसायी हुन् । उनको बीरगंजस्थित लिपनी विर्तामा श्री सिमेन्टस इनडष्टीज प्रालि रहेको छ । साथै अनेकौ टेडिङ बिजनेशमा पनि उनी आबद्ध छन् । उनी मरिच तस्करीमा संलग्न नरहेको दावी सांसद यादवको छ । बीरगंजमा पटवारीलाई सांसद यादवले नै आफ्नो काठमाडौंस्थित डेरामा लुकाइ छिपाई राखेको हल्ला छ नि भन्ने नेपालबहसको प्रश्नमा उनले मेरो घरमा खोजतलास गर्न विभागलाई कस्ले रोकेको छ र ? भन्ने प्रतिजवाफ दिए ।

श्री सिमेन्टस उद्योगले कलश ब्रान्डका ओपिसी र कलश गोल्ड पिपिसीको उत्पादन गर्दै आएको छ । हालसालै मात्र एनएस चिन्ह प्राप्त गरेको यो सिमेन्टस उद्योगद्धारा उत्पादित सिमेन्टस गुणस्तहीन र कमसल रहेको भन्दै विवादमा पर्दै आएको छ ।
यो सिमेन्टले चर्चित क्रिकेटर पारश खड्कालाई ब्रान्ड ऐम्बासाडर तोकेको छ ।

जेलमा रहेका संजय अग्रवाल पटवारीका आफ्नै काकाका छोरा हुन । सोझा–सिधा संजयको नाममा कम्पनी खडा गरेर विगत लामो समयदेखि सुपारी र मरिचको तस्करी गर्दै आएका पटवारीले १२ बर्षकै अवधिमै १० अरब भन्दा बढी सम्पत्ती आर्जन गर्न सफल भएको चर्चाले यतिबेला बीरगंज तातेको छ ।

करिव २ बर्ष अगाडि उनले छाला पठाउने नाममा भारतको कानपुर शहरमा अवैधरुपमा २ ट्रक सुपारी पठाउँदा सो अवैध सुपारी भारतीय प्रहरीले पक्राउ गरी जफत गरेको थियो । भारतीय सरकारले ठूलो रकम जरिवाना गरेको उक्त मुद्धा हाल पनि चलिरहेको समाचार स्रोतले बताएको छ ।

देखावटी रुपमा सिमेन्टस उद्योगी र व्यापारी रहेतापनि उनको वास्तविक धन्दा भने सुपारी र मरिचको अवैध तस्करी गर्नु रहेको बीरगंजका व्यवसायीहरु बताउछन् । हालै मात्र उनले यसरी अवैध रुपमा कमाएको सम्पत्तीबाट आर्दशनगरमा ३/४ वटा घडेरी खरिद गरेको र सोको लागत ५० करोडको हाराहारी रहेको समाचार स्रोतको दावी छ ।

उता अनिल पटवारीका भाई संजय अग्रवाललाई राजश्व अनुसन्धान विभागले थुनेर तीन करोड ७६ लाख ८० हजार धरौटी मांगेको र सो बराबरको रकम तिर्न नसक्दा संजय हाल नक्खु जेलमा रहेका छन् । ‘आफै त महादेव उत्तानो टाङ कस्ले देला बर’ भनेझै विभागले उनैको खोजी गरेपछि भाई संजयलाई छुटाउन धितो जमानत राख्न सकेका छैनन् । मुख्य कारोबारी पटवारी नै भागेपछि संजयका साथी भनिने मनोज दास र बिष्णु अग्रवालले धरैेटी रकमको जोहो गर्न लागेको चर्चा बीरगंजमा चुलिएको छ ।

सुपारी र मरिचका कुख्यात तस्कर अनिल पटवारीलाई जोगाउन संघीय समाजवादी फोरमका नेताहरु तथा वीरगंज उद्योग वाणिज्य संघ न्वारन देखिको बल लगाएर लागिपरेको बीरगंजबासी माझ चर्चा छ ।

वीरगंज भन्सारबाटै सेटिङ मिलाएर तस्करी धन्दा चलाउने भन्सार अधिकृत उद्धव ढुङ्गानामाथि यतिबेला मन्त्रालयको निर्देशनमा छानविन भैरहेको छ । मरिच पास गराउने भन्सार अधिकृत उनै ढुङगाना हुन् । तर ढुङगाना अनुसन्धानको दायरमा पनि नआएको र उनले उन्मुक्ति पाएको भन्दै बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले सार्वजनिक मन्चहरुमै प्रश्न उठाउदै आएका छन ।

अग्रवाल मुख्य सञ्चालक रहेको ग्लोबल लेदरले भारतको कानपुरस्थित मेरिट एक्जिमलाई छाला पठाउने भनिएको ट्रकमा मरीच फेला परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार