नेपालमै पहिलो नलेज बैंक झापामा खुल्दै


Share This

नेपालबहस संवाददाता    

३० असार, दमक । झापाको दमक नगरपालिकाले नगरको समृद्धि अभियानमा सघाउने उद्देश्यले नेपाल मै पहिलोपटक ‘नलेज बैंक’को खोल्ने भएको छ ।

दमकको विकास र यहाँको समृद्धिका लागि आवश्यकीय प्राज्ञिक, विभिन्न पेशागत दखल भएका बौद्धिक व्यक्तित्व र सर्वसाधारणलाई समेटेर नगरपालिकाले ‘नलेज बैंक’ (ज्ञान भण्डार) को अवधारणा ल्याएको हो ।

नगरप्रमुख रोमनाथ ओलीले सबै क्षेत्रको नगरसम्बन्धी दृष्टिकोण तथा विचारलाइ संग्रहित गर्नका लागि ‘नलेज बैंक’ स्थापना गर्ने तयारी गरिएको बताए । नगरलाई समृद्ध गराउन देश–विदेशका अनुभवलाई साटासाट गर्न तथा यहाँको प्राज्ञिक अनुभवलाई उपयोग गर्न नलेज बैंकको अवधारणा ल्याईएको उनको भनाई छ ।

नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीसँंगै प्राज्ञिक व्यक्तित्वको अनुभवलाई एकै ठाउँमा उपयोग गर्न यस्तो प्रयास शुरु गरेको हो । नगरपालिकाको विकास र नगरपालिकासँग सम्बन्धित जुनसुकै विषयका सुझाव, गुरुयोजना, विचारलाई एकीकृत गर्न त्यस बैंकले काम गर्ने तथा त्यस्ता कुनै रचनात्मक श्रव्य दृश्य, लिखित, मौखिक, जुनसुकै तवरबाट पनि जो कोहीले पनि नगरपालिकालाई उपलब्ध गराउन सकिने व्यवस्था गरिने नगरप्रमुख ओलीको जोड छ । रासस

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार