ब्राजिलका प्लेमेकर मार्सेलो टिममा फर्किदा बेल्जियमलाई खतरा


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, २२ असार । फ्रान्सजस्तै उपाधि दाबेदारका रुपमा देखिएको बेल्जियमले सेमीफाइनलका लागि शुक्रबार राती ब्राजिलसँग खेल्दैछ ।

फरवार्डका रुपमा उपाधि दाबेदार नै भनिएपनि ब्राजिलका जस्ता उम्दा खेलाडी र अनुभवी प्लेमेकर बेल्जियमसँग छैनन् । त्यसमाथि ब्राजिलका ब्याकबोन मार्सेलो मैदान फर्किएका छन् ।

लेफ्ट ब्याक, मिडफिल्ड उस्तै परे विपक्षीको पोष्टमा बल छिराउन सक्ने क्षमता भएका मार्सेलो यसअघि समूह चरणकै खेलमा घाइते भएका थिए । उनले समूह चरणको अन्तिम खेल चलिरहेका बेला मैदान छाडेका थिए भने मेक्सिकोसँगको प्रि क्वाटरफाइनल गुमाएका थिए ।

तर निर्णायक खेलमा उनी मैदान फर्किनुले बेल्जियमको ज्वरो भने बढेको छ । रियलका डिफेन्डरले जुनसुकै बेला पनि खेल आफ्नो पक्षमा पार्ने क्षमता राख्छन् ।

त्यसमाथि रुस विश्वकपमा फ्रेन्चका फरवार्ड हाभी भएका बेला नेयमार निकै उत्कृष्ट फर्ममा छन् । प्रि क्वाटरफाइनलमा जापानसँगै हायलकायल हुने चेल्सी र म्यान्युका फरवार्ड हजार्ड र लुकाकु गोल विहिन बन्नुले पनि बेल्जियमलाई खतरा बढेको छ ।

यद्यपी रोनाल्डो घर फर्किसकेका बेला ४ गोलसहित लुकाुक गोल्डेन बुटका दोश्रो दाबेदार हुन । शीर्ष स्थानमा इंग्ल्याण्डका कप्तान ह्यारी केन छन् । उनले ६ गोल गरिसकेका छन् ।

यससँगै शुक्रबार राती पौने १२ बजे शुरु हुने खेलमा दुबै टोलीबीचको प्रतिष्पर्धा रोमाञ्चक बन्ने फुटबल फ्यानहरुको अपेच्छा छ ।

तपाईको प्रतिक्रिया