नेयमार, पोग्बा र काउटिन्होलाई सेमीफाइनल गुम्ने डर !


Share This


नेपालबहस संवाददाता    154 Views

काठमाडौँ, २२ असार । जर्मनी, अर्जेन्टिना, पोर्चुगल र स्पेन बाहिरी सकेपछि प्रदर्शनका आधारमा हेर्ने हो भने ब्राजिल र फ्रान्स रुस विश्वकप उपाधिका सबैभन्दा बलिया दाबेदार हुन ।

तर यी दुई टोलीमध्ये एक टिम मात्रै फाइनल पुग्नेछ । त्यसमा पनि उनीहरुले शुक्रबार राती उरुग्वे र बेल्जियमलाई घर फर्काएपछि मात्रै । तर यही खेलमा ब्राजिलका मुख्य हतियार नेयमार र काउटिन्होलाई ठूलो जोखिम छ । ब्राजिललाई जस्तै फ्रान्सलाई पनि उस्तै डर बढेको छ ।

यी तिनै जना महंगा खेलाडीले पहिलो रेड कार्डको दर्शन गरेका छन् । यदि शुक्रबार राती पनि उनीहरुले त्यही पहेलो कार्डको दर्शन गरेमा एक अर्कालाई सेमीफाइनलमा देख्न पाउने छैनन् ।

लगातार दुई खेलमा पहेलो कार्ड खाएमा खेलाडीले तेश्रो खेल गुमाउनुपर्ने हुन्छ । यदि शुक्रबार राती बलिया टिमलाई हराउनकै लागि नेयमार, काउटिन्हो र पोग्बाले खेलेर मात्रै पुग्नेछैन् ।

एक अर्कासँग निकै जोगिएर विपक्षीको पोष्टमा बल छिराउनु छ । यी तिनै जना सुपरस्टारलाई त्यो गर्न भने निकै चुनौति छ ।

किनकी नेयमार रुस विश्वकपमा सर्वाधिक फउल गरिने खेलाडी हुन् । उनीसँगै अहिलेसम्म तीन गोल गरेका काउटिन्हो पनि उत्तिकै मार्क खेलाडी हुन ।

र विपक्षीलाई अगाडी बढ्न नदिने पोग्बाको रणनीतिमा पहेलो कार्डभन्दा बढी जिम्मेवारी छ ।

तपाईको प्रतिक्रिया