पहिलो हाफमा फ्रान्सको अग्रता, भरानेको हेड गोल


Share This


नेपालबहस संवाददाता    116 Views

काठमाडौँ, २२ असार । विश्वकप फुटबलको पहिलो क्वाटरफाइनलमा फ्रान्सले अग्रता लिएको छ । उरुग्वेसँगको खेलेमा फ्रान्सले १–० गोलको अग्रता लिएको हो ।

फ्रान्सका लागि राफेल भरानेले हेड गोल गरेका छन् । उनले खेलको ४० औँ मिनेटमा हेड गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।

एक गोल खाएपछि उरुग्वे दबाबमा परेको छ । उसलाई दबाब हुने मुख्य फरवार्ड काभानी टिममै परेका छैनन् । प्रि क्वाटरफाइनलमा पोर्चुगलसँगको खेलमा घाइते भएका काभानी आज खेल्न नसक्दा उरुग्वे विश्वकपबाट बाहिरिने खतरामा पुगेको छ ।

तपाईको प्रतिक्रिया