ब्राजिलको आत्मघाती गोल, उपहार गोलमा बेल्जियमको अग्रता !


Share This


नेपालबहस संवाददाता    

ब्राजिलका फर्नाडिन्होको आत्मघाती गोलबाट बेल्जियमले अग्रता लिएको छ । विश्वकपको दोश्रो क्वाटरफाइनलमा खेल शुरु भएको १३ औँ मिनेटमै फर्नाडिन्होले आत्मघाती गोल गरेका हुन ।

दुई वटा पहेलो कार्डका कारण क्वाटरफाइनल गुमाएका कासिमेरोको ठाउँमा खेल्न पाएका फर्नाडिन्होले आज महंगो मुल्य चुकाएका छन् ।

उपहार गोलबाट अग्रता लिएपनि ब्राजिलले बेल्जियमाथि दबाब बढाएको छ । यद्यपी दुबै टोलीले समान चार चार वटा प्रहार गरेका छन ।

तर बललाई पोजिसनमा राख्न सफल ब्राजिलका नेयमार र काउटिन्होले गोलका लागि राम्रो मुभ बनाएका छन् ।

तपाईको प्रतिक्रिया