अनुमान विपरित रसियाको पहिलो गोल, पुग्ला त सेमीफाइनल ?


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, २४ असार । अर्जेन्टिनालाई हराएको बलियो टिम क्रोएसियाविरुद्ध आयोजक रसियाले अग्रता लिएको छ ।

धैरेको अनुमान विपरित रसियाले पहिलो हाफमै अग्रता लिन सफल भएको हो । उसका लागि डेनिस चेरिशेभले ३१ औ मिनेटमा गोल गरेका हुन् ।

विश्वकप फुटबलमा बरियताका हिसाबले सबैभन्दा पुछारको टिम रसियाले घरेलु दर्शकसामु कमाल गरिरहेको छ ।

स्पेनजस्तो बलियो टोलीलाई टाइब्रेकरमा घर फर्काएको रसिया आज क्रोएसियालाई पनि स्तब्ध पार्दै सेमीफाइनल पुग्ने दाउमा छ । तर यो उसका लागि निकै कठिन परीक्षा र संघर्ष हो ।

तपाईको प्रतिक्रिया