रसियाको खुशी ८ मिनेट पनि टिकेन, क्रोएसियाको बराबरी गोल !


Share This


नेपालबहस संवाददाता    112 Views

काठमाडौँ, २४ असार । विश्वकप फुटबलमा डेनिस चेरीशेभको गोलबाट अग्रता लिएको रसियाले पहिलो हाफ बराबरी खेलेको छ ।

डेनिसले गोल गरेको ८ मिनेटमै क्रोएसियाका आन्द्रेज क्रमारिकले हेड गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको छ । तर खेल निकै प्रतिष्पर्धात्मक भइरहेको छ । स्पेनलाई घर फर्काएर क्वाटरफाइनल पुगेको आयोजक रसिया सेमिफाइनल पुग्ने योजनासहित खेलिरहेको छ ।

रसियाजस्तै समूहचरणमा अर्जेन्टिना र प्रिक्वाटरफाइनलमा डेनमार्कलाई स्तब्ध पारेको क्रोएसिया सेमिफाइनलको दाबेदार टिम हो ।

तर भाग्यसँगै कठिन संघर्ष गरिरहेको रसियालाई क्रोएसियाको प्रतिष्पर्धा चिरेर अघि बढ्ने चुनौतिलाई जित्नैपर्ने चुनौति छ ।

तपाईको प्रतिक्रिया