क्रोएसिया र रसियाबीचको खेल अतिरिक्त समयमा धकेलियो


Share This


नेपालबहस संवाददाता    110 Views

काठमाडौँ, २४ असार । दोश्रो हाफमा गोल गर्न नसक्दा क्रोएसिया र रसियाबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ । विश्वकप फुटबलको सेमीफाइनलका लागि दुबै टिमले पहिलो हाफमा एक एक गोल गरेका थिए ।

३१ औँ मिनेटमा रसियाका लागि डेनिस चेरिशेभले पहिलो गोल गर्दा क्रोएसियाका आन्द्रेज क्रमारिकले ३९ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

तर दोश्रो हाफमा दुबै टोलीले राम्रो खेलेपनि गोल गर्न सकेनन । जसकारण खेल अतिरिक्त समयमा धकेलिएको छ । थप ३० मिनेटमा पनि गोल हुन सकेन भने खेलको निर्णय टाइब्रेकरबाट हुनेछ ।

यसअघि यी दुबै टिमले टाइब्रेकेरबाटै खेल जितेर क्वाटरफाइनलको यात्रा तय गरेका थिए । जसमा स्पेन र डेनमार्क अन्तिम १६ बाटै घर फर्किएका थिए ।

तपाईको प्रतिक्रिया