अतिरिक्त समयमा पनि रसियाको चमात्कार, खेल पेनाल्टी सुटआउटमा पुग्यो !


Share This


नेपालबहस संवाददाता    139 Views

काठमाडौँ, २४ असार । चमात्कारपूर्ण खेल देखाएको रसियाले अतिरिक्त समयको खेल पनि आफ्नो नियन्त्रणमा राख्न सफल भएको छ ।

थपिएको ३० मिनेटमध्ये १० मिनेटमै अग्रता लिएको क्रोएसियाले त्यसलाई जोगाउन नसक्दा पेनाल्टी सुटआउटमा धकेलिनु परेको छ । उसका लागि डोमागोज भिडाले राम्रो गोल गरेका थिए ।

तर रसियाका मारियो फर्नान्डेजले गोल गरेर खेल बराबरीमा ल्याएका छन् । यसअघि निर्धारित ९० मिनेटको खेल पनि एक एक गोलको बराबरीमै सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अब पेनाल्टीमा सुटआउटमा कसको भाग्य बलियो छ ? त्यही टोली सेमिफाइनल पुग्नेछ । यसअघि पेनाल्टी सुटआउटमा रुसले स्पेनलाई र क्रोएसियाले डेनमार्कलाई घर पठाई दिएका थिए ।

तपाईको प्रतिक्रिया