संसदमा डा.केसीको मागको प्रस्तावमा छलफल हुँदै !


Share This


नेपालबहस संवाददाता    62 Views

काठमाडौं । डा. गोविन्द केसीको माग सम्बोधनका लागि यसअघि ल्याइएको अध्यादेश अनुसार विधेयक ल्याउन माग गर्दै नेपाली कांग्रेसले दर्ता गरेको जरुर सार्वजनिक महत्त्वको प्रस्तावमा आज छलफल हुने भएको छ।

गत शुक्रबार प्रस्ताव दर्ता भएलगत्तै छलफल नभएको भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो। संघीय संसद् सचिवालयले सोमबारको सम्भावित कार्यसूचीमा प्रस्ताव छलफललाई समेटेको छ।

प्रस्तावमा यसअघिको अध्यादेश अनुसार विधेयक ल्याउन माग गरिएको छ। भने, डा। केसीको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै उपचारको प्रबन्ध गरी जीवन रक्षाका लागि अपिल गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार