रामबाबु सिंह एक किलो सुनका मालिक रहेको खुलासा !


Share This


नेपालबहस संवाददाता    1154 Views

सम्पती शुद्धिकरण विभागले छानविन थाल्दै……………..

काठमाडौं । पर्सा प्रहरीले एक किलो अवैध सुनसहित एक जना भरीयालाई गत असार १५ गते प्रकाउ गर्यो । बीरगञ्जबाट भारततर्फ तस्करी गर्न लाग्दा सो सुन इनरुवा प्रहरी चौकीले शंकरार्चाय गेट नजिकबाट प्रकाउ गरेको थियो । र त्यसलाई प्रहरीले ठूलै माछा समातेझै गरी पत्रकार सम्मेलनमार्फत हल्ला पिटाएको थियो ।

ना ४८ प ३७७४ नम्बरको मोटरसाइकलमार्फत रक्सौल लादै गर्दा सर्लाही हरिपुरका सन्तोषकुमार साह कलवारलाई प्रकाउ गरी हतार हतार राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने काम भयो । गृह मन्त्रालयले देशव्यापी रुपमा सुन तस्करहरुको उछितो काटिरहेको बेला पर्सा प्रहरीले भने एउटा सामान्य भरीयालाई प्रकाउ गरी त्यसका मुख्य मालिक खोज्ने प्रयास किन गरेन् भन्ने प्रश्न उठ्न थालेको छ ।

गृहमन्त्रालयद्धारा गठित उच्चस्तरिय छानविन समितीले यो घट्नाको ३ दिन अघि मात्रै बीरगञ्जका कुख्यात सुन तस्कर राजु दारुकालाई प्रकाउ गरेको थियो । तर प्रहरीले यती ठूलो काण्डलाइ सामान्य बनाएर राजश्व अनुसन्धान कार्यलय पठाउनु र थप छानविन तथा यसका मुख्य मालिक पत्ता लगाउने तर्फ अनुसन्धानको तिर नचलाउनुलाई आश्र्चयका रुपमा हेरिएको छ ।

सुनका मालिक सिंह

यस सम्वन्धनमा पर्सा प्रहरी प्रमुख एसपी रेवतीप्रसाद ढकालसँग नेपालबहस डटकमले पश्न गर्दा उनले भने ‘यस्ता केशमा प्रहरीले प्रकाउ गरेको २४ घन्टाभित्रै राजश्व अनुसन्धान कार्यलयमा पठाउनुपर्ने प्रावधान छ । प्रकाउ पर्दाकै बखत थप पाटो खुल्यो भने छुट्टै हो नभए अनुसन्धानको विस्तृत पाटो पत्ता लगाउने जिम्मा राजश्व अनुसन्धानको हो । हामीले त उहाँहरुलाई सपोट गर्ने मात्रै हो । ’

नेपालबहस डटकमलाई विश्वस्त स्रोतबाट प्राप्त सूचनाअन्ुसार यो एक किलो सुनका मालिक बीरगञ्जका रामबाबु सिंह भूमिहार हुन । बीरगञ्जको लिकंरोडस्थित आफै घरको तल्लो तलामा श्रीराम मनि चेन्जरको भारु सटही काउन्टर र सोसंगै रहेको सुनचाँदी पसलका मालिक रामबाबु सिंह नै प्रकाउ पर्ने भरियाका मालिक रहेको पत्ता लागेको समाचार स्रोतको दावी छ ।

हाल राजश्व अनसन्धान कार्यलयको हिरासतमा रहेका कलवार यिनै सिंहका कर्मचारी रहेको बताइन्छ । घट्ना भएपछि बीरगञ्जबाट फरार रहेका सिंह गत शुक्रबार मात्रै बीरगञ्जमा देखा परेका छन् ।

पचासौ करोडका मालिक  सिंह !

समाचार स्रोतका अनुसार उनी पर्सा प्रहरीसँग सेटिङ मिलाएर मात्र सार्वजनिक भएका हुन् । विगतमा नक्कली भारुको कारोबारमा समेत संङ्लग्न रहेको बताइने सिंह यतिवेला पचासौ करोडका मालिक बनेका छन् । सुनचाँदी र सटही काउन्टरको व्यापारबाट मात्रै उनले यत्रो सम्पति आर्जन गर्न नसक्ने जानकारहरु बताउछन् ।

जानकारहरुका अनुसार प्रकाउ परेका भरियामार्फत नै उनले दैनिक रुपमा बीरगञ्जबाट सुनचाँदी भारततर्फ तस्करी गर्ने गरेका थिए । अहिले उनी आफ्ना कर्मचारीलाई छुटाउन र धरौटीवापतको रकम जोहो गर्दै राजश्वका कर्मचारीसँग सेटिङ मिलाउदै गरेको स्रोतको दावी छ ।

पहिले बारा घर भएका यिनको छोटो समयमै आर्जित सम्पतिको वैधानिक स्रोत के हो भन्नेबारे राज्यले खोजीनीति गर्नुपर्ने देखिएको छ । सुनचाँदीको अवैध कारोबारबाट आर्जित सम्पतिको स्रोतको खोजी गर्ने र उनले राज्यलाई कति कर तिरेका छन् भन्ने बारे पनि सम्पति शुद्धिकरण विभागले चासो दिनुपर्ने भनाई बीरगञ्जबासीको छ ।

साढे ३३ किलो सुन तस्करी काण्डको उच्च स्तरिय छानविन भएसंगै सम्पती शुद्धिकरण विभाग पनि यतिबेला सक्रिय भएको छ । र बीरगञ्जका अवैध धन्दावाला व्यापारीहरु र तस्करहरुको छानविनमा समेत विभागले चासो दिन थालेको छ ।

सम्पती शुद्धिकरण सम्बन्धि एउटा टास्कफोर्स नै बनाएर काम थालेको विभाग स्रोतले नेपाल बहस डटकमलाई जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार