संसदीय सुनुवाई विशेष समितिमा १२ जनाको नाम स्वीकृत


Share This


नेपालबहस संवाददाता    96 Views

काठमाडौं । प्रतिनिधिसभाले संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत गरेको छ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको प्रतिनिधिसभाको तर्फबाट संसदीय सुनुवाई विशेष समितिमा प्रतिनिधित्व गर्ने १२ जना सदस्यको नाम स्वीकृत गरेको हो।

जस अनुसार प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुमा अमृता थापा, पार्वत गुरुङ, निरुदेवी पाल, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदी, भिमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की छन्।

समितिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ बाट ७ जना, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट ३ जना, राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबाट १-१ जना रहेका छन्।

संसदीय सुनुवाई विशेष समितिमा राष्ट्रियसभाका ३ जनासहित १५ जना सदस्य रहने व्यवस्था छ।

तपाईको प्रतिक्रिया