चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसारै ल्याएको : ओली


Share This


नेपालबहस संवाददाता    78 Views

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै ल्याएको बताएका छन् । काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी कलेजलाई सम्बन्धन नदिनेजस्ता कुरा व्यावहारिक नभएको ओलीले बताए ।

‘कुन विषयमा कति कलेज आवश्यक छ, त्यसको अध्ययन गरौं अनि आवश्यकताअनुसार कलेजलाई सम्बन्धन दिऔं,’ प्रधानमन्त्री ओलीले सोमबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, ‘संसद्मा चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै पेस भएको हो ।

निर्वाचनमा वाम गठबन्धनलाई जनताले बहुमत दिएर पठाएकाले पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रममार्फत लागू गर्ने ओलीले बताए ।

उनले चिकित्सा शिक्षा विधेयक, गोविन्द केसीको आन्दोलन, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको विवादजस्ता विषयमा अडानका साथ कुरा राख्न पनि सांसदहरूलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया