मुटुमा समस्या भएपछि पूर्वराजा ज्ञानेन्द्र अस्पताल भर्ना


Share This

नेपालबहस संवाददाता    

४ साउन, काठमाडौं । मुटुमा समस्या देखिएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । गत आइतवार नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेका पुर्व राजाको टिएमटी परिक्षणमा मुटुको चाल सामान्य नरहे पछि आज अस्पताल नै भर्ना गरि उपचार शुरु भएको छ ।

नर्भिक अस्पतालका कार्डियोलोजी विभागका प्रमुख डा. यादव भट्ट र डा. जेपी जैसवालको टिम उपचारको तयारी गरेको छ । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार