बर्षामापन केन्द्रका अनुसार भक्तपुरमा सबैभन्दा धेरै बर्षा !


Share This


नेपालबहस संवाददाता    129 Views

भक्तपुर । सक्रिय मौसमका कारण हिजो देखि परेको अबिरल बर्षाले सबैभन्दा धेरै भक्तपुरमा असर पुराएको मौसम विद्ले बताएका छन् ।

गत २४ घण्टाको मौसमी विवरण अनुसार भक्तपुरमा सबैभन्दा धेरै पानी परेको छ ।  विवरण अनुसार बुधबार बिहान पौने ९ बजेदेखि आज बिहीबार बिहान पौने ९ बजे सम्मको विवरण अनुसारमा भक्तपुरमा १ सय २९ दशमलव ६ मिलिलिटर पानी परेको छ ।

यस्तै विवरण अनुसार नगरकोटमा १ सय १७,चागुनारायणमा ७६, गोदावरीमा १ सय १५ दशमलव ८ मिलिलिटर पानी २४ घण्टामा परेको भक्तपुर र आसपास रहेका विभिन्न वर्षामापन केन्द्रहरुको बताएका छन् ।

नेपालको मौसम सम्बन्धी जानकारी दिने नेपाल सरकार अन्तर्गत रहेको नेपाल बाढी सुचना केन्द्रले सामाजिक सञ्जालमा ट्वीट गर्दै जानकारी दिएको छ ।

बर्षामापन केन्द्रहरुका अनुसार यो वर्षा हिजो बेलुकी देखि बिहान सम्म करीव १० घण्टामा भएको देखिन्छ । यता मौसम पूर्वानुमानले अझै केहीदिन भारी बर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार