चरी लैजा समाचार………हामि भयौं बेघरबार !!


Share This


नेपालबहस संवाददाता    240 Views

काठमाडौं । अविरल बर्षापछि आएको बाढीका कारण नेपालका धेरै ठाउँमा बाढी र पहिरोका कारण अस्त ब्यस्त भएको छ । हरेक बर्ष बर्षादको समयमा आधि हुरी संगै आउने बर्षाले तराइका क्षेत्र जलमग्न भएका छन् । असारको अन्तिम सातामा आइपुग्दा परेको अबिरल बर्षाले काठमाडौं उपत्यका पनि जलमग्न भएका छन् ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण भक्तपुरमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, काभ्रेलगायतका जिल्लामा सयौँ घर डुबानमा परेका छन् ।

सामाजिक सञ्जालमा अहिलेको परिबेशमा सुचना लिनका लागि एकदमै भरपर्दो मानिएको फेसबुकका भित्ताहरुमा बाढी आउदा चरी लैजा समाचार हामी भयौ बेघरबार गित सेयर गर्नेको लर्को लागेको छ ।

विकास निमार्णका कुरा गर्ने हाम्रा देशका नेताको बोली भाषणमा सिमित हुदा नेपाली दुखित भएका छन् । यस्तै शब्द व्यक्त गरिएको छ । एन्जन बाबु र साथीहरुको आवाजमा रहेको समसायिक गितमा पनि,यस भिडियोमा सुर्खेतका ख्याति प्राप्त प्रेमदेव गिरीको अभियन देख्न सकिन्छ ।

नेपाली जनताको अवस्था हिजो देखि भोली सम्म के के हुने कसैलाई अवगत नभएको र सधैभरी रुन परेको शब्दहरु पोखिएका छन् । बर्षाले जताततै असर पुराएको छ, कतिपय ठाउँमा खान बस्नको समस्या छ । कति पय ठाउँमा अझै पनि उद्धारकार्य जारी रहेको छ ।

समयसंग सम्बन्धि यस गितले असार साउनको उल्लदो नदीनालाका भेल र बाढी पहिरोबाट पिडित लगायत सबैको मनलाई चसक्क छोएको छ ।

मर्मस्पसी गित तलको लिंकमा क्लिक गरेर सुन्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया