fbpx

रुस विश्वकपमा बेल्जियम तेश्रो, इंग्ल्याण्ड चौथो बन्यो !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, ३१ असार । रुस विश्वकप फुटबलमा बेल्जियम तेश्रो बन्दै घर फर्किएको छ । शनिबार राती भएको खेलमा इंग्ल्याण्डलाई २ – ० गोलले हराउदै बेल्जियमले तेश्रो स्थान हात पारेको हो ।

बेल्जियमलाई जिताउन इडेन हाजार्ड र थोमस मुनियरले गोल गरे । यसअघि एउटै समुह चरणमा रहेका यी दुई टोलीले फेरी खेल्ने मौका पाएका हुन् ।

सेमीफाइनलमा हार व्यहोरेपछि यी दुई टोली तेश्रो स्थानका लागि भिडेका हुन । जसमा बेल्जियमले फेरी बाजी मार्यो । यसअघि समुह चरणको अन्तिम खेलमा पनि इंग्ल्याण्ड पराजित भएको थियो ।

सेमीफाइनलमा बेल्जियमलाई हराएको फ्रान्स र इंग्ल्याण्डलाई जितेको क्रोएसियाबीच आइतबार राती फाइनल हुनेछ ।

तपाईको प्रतिक्रिया