fbpx

शोक प्रस्ताव पारित : संसद बैठक भोलिसम्मका लागि स्थगित


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । संघीय संसदको आइतबारको बैठक पूर्व संविधानसभाका सदस्य तथा नेकपाका नेता मोहम्मद मुस्ताक आलमको निधन भएकोमा शोक प्रस्ताव पारित गर्दै भोलि सोमबारसम्मका लागि स्थगित भएको छ ।

पूर्व संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका नेकपा नेता आलमको शुक्रबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारको क्रममा निधन भएको थियो। उनको निधनमा शोक प्रस्ताव पारित गरेसँगै सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरिएको जानकारी बैठकलाई दिएका हुन्।

बैठक सुरु हुनु अघि सारवजनिक गरिएको कार्यसूची आइतबारको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पाखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ र नेकपाकी सांसद विन्दा पाण्डेले संकल्पको प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको थियो।

तपाईको प्रतिक्रिया