महिला सांसद समन्वय समिति गठन


Share This

नेपालबहस संवाददाता    

६ साउन, काठमाडौं । महिला सांसदहरुले आफ्ना वर्गीय मुद्दाहरुलाई स्थापित गर्न भन्दै महिला सांसद समन्वय समिति गठन गरेका छन् ।बिहीबार व्यवस्थापिका–संसद भवनमा आयोजित कार्यक्रमबाट सो समिति बनाइएको हो ।

नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाको सभापतित्वमा कार्यसमिति बनाइएको छ । कार्यसमितिमा सबै दलका महिला सांसदहरु रहेका छन् । कार्यसमिति सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख ओनसरी घर्तीले ‘महिलाहरुले आफ्ना अधिकार स्थापित गर्न यस्तो ‘ककस’ बनाउनु सकारात्मक हो’–भनिन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार