fbpx

यी हुन विश्वकप जिताउने फ्रान्सका नायकहरु !


Share This

नेपालबहस संवाददाता    

रुस विश्वकप शुरु हुँदा धेरैले ब्राजिल र अर्जेन्टिनालाई फाइनलको दाबेदार मानेका थिए । यसमा पोर्चुगल, जर्मनी, स्पेन पनि बलिया टोलीका रुपमा देखिएका थिए ।

तर नतिजा ठीक उल्टो आउदै गयो । क्वाटरफाइनलका खेलसम्म ब्राजिल नै विश्व फुटबलको शक्तिशाली टिम बरियताको शीर्ष स्थानमै थियो । तर विश्वकै सबैभन्दा महंगा फुटबलर नेयमारको टोलीलाई बेल्जियमले एउटै गोल हानेर घर फर्काइ दियो । पहिलो गोल उपहार पाएको बेल्जियमले अर्को गोल बराबरी मात्रै खानुपरेको थियो ।

त्यसपछि सेमीफाइनलमा बेल्जियमलाई पनि स्तब्ध पारेको फ्रान्सले अन्ततः कमजोर मानिएको क्रोएसियामाथि गोल बर्षा गर्दै रुस विश्वकपको उपाधि नै उचाल्यो ।

अर्जेन्टिना, पोर्चुगल, जर्मनी र स्पेन शुरुकै खेलहरुमा बाहिरिसकेपछि उपाधि दाबेदारमा सबैभन्दा बलियो फ्रान्स नै थियो । त्यसमा क्वाटरफाइनलबाटै ब्राजिल पनि घर फर्केपछि सन्तुलित र उत्कृष्ट टिमका रुपमा फ्रान्स थियो । जसले फाइनलमा क्रोएसियालाई स्तब्ध पारेर उपाधि चुम्यो ।

फ्रान्ससँग उदाउँदा एमबाप्पे बाहेक अर्को महान सुपरस्टार थिएन । तर टिमका हिसाबले सबै खेलाडी उत्तिकै उत्कृष्ट थिए । जसकारण विश्वकै सुपरस्टार मेस्सीको अर्जेन्टिना, रोनाल्डाको पोर्चुगल र नेयमारको ब्राजिलले नभई फ्रान्सले विश्वकप जित्यो । विश्वकप जितेर ४ बर्षका लागि विश्वविजेता बनेको फ्रान्सको जितमा केही खेलाडी साच्चिकै नायक हुन । जसको सक्षिप्त चर्चा गरिएको छ ।

किलिएन एमबाप्पे

फ्रान्सले विश्वकप जित्नुका पछाडी एम्बाप्पेको ठूलो शक्ति खर्चिएको छ । रुस विश्वकपकै सबैभन्दा कान्छा १९ बर्षीय एम्बाप्पेले फाइनलमा उत्कृष्ट गोल समेत गरेका थिए ।

उनको सबैभन्दा लोभलाग्दो प्रदर्शन त अन्तिम १६ अन्तर्गत अर्जेन्टिनासँग भएको थियो । विश्वकै फुटबल जादु मेस्सीको एउटै १० नम्बर जर्सीसँगै फ्रान्सका लागि मैदान उत्रिएका एम्बाप्पेले २ गोल गरे ।

अर्जेन्टिनालाई ४ ३ गोलले हराएको खेलमा फ्रान्सका लागि २ गोल एम्बाप्पेले गरेका थिए भने ग्रिजमेनको पेनाल्टी पनि उनैले मिलाई दिएका थिए ।

मेस्सीजस्तो खेलाडीलाई घर फर्काई दिएर एकाएक नयाँ युवा सुपरस्टार भएका एम्बाप्पेले त्यसयता क्वाटरफाइनल र सेमीफाइनलमा गोल गर्न नसकेपनि विपक्षीका लागि निकै खतरानाक बनिरहेका थिए ।

रुस विश्वकपमा ४ गोल गरेपछि एम्बाप्पेलाई महान फुटबलर पेलेसँग दाजिएको छ । पेलेले कम उमेरमै डेब्यु खेलमा एम्बाप्पे जस्तै गोल गरेका थिए भने विश्वकप पनि जितेका थिए ।

नेयमारपछि फ्रेन्च क्लब पिएसजीका दोश्रो महंगा खेलाडी एमबाप्पेमाथि अहिले रियल मडिडले आँखा लगाईरहेको छ ।

एन्टोइनी ग्रिजमेन

दुई पटक च्याम्पियन्स लिगको फाइनल पुगेर हार्नु, दुई बर्षअघि आफ्नै घरमा युरोकप फाइनल हार्नु जस्ता कारणले एन्टोइनी ग्रिजमेनको आलोचना हुने गरेको छ ।

रियलका रोनाल्डोविरुद्ध च्याम्पियन्स लिगमा एट्लेटिकोका लागि उपाधि जित्न नसक्नु र घरेलु मैदानमा उनै रोनाल्डोको टिम पोर्चुगललाई युरोकप सुम्पनुले ग्रिजमेनमाथि यो विश्वकपमा पनि शंका थियो । यद्यपी फरवार्डका रुपमा मुख्य आक्रामणको जिम्मेवारी सम्हालेका ग्रिजमेनले फाइनलसम्मै आफ्नो भूमिका निर्वाह गरे ।

एम्बाप्पे बराबर रुस विश्वकपमा ४ गोल गरेका ग्रिजमेनले फाइनलमा पनि पेनाल्टीमै गोल गरेका थिए । त्यसअघि उनले क्वाटरफाइनलमा उरुग्वेलाई हराउँदा पनि उत्कृष्ट गोल गरेका थिए ।

तर बलिया फरवार्डमा ओलिभर जिरउड र तेज फरवार्डका रुपमा एम्बाप्पे पाएपछि ग्रिजमेनले सोचेको जसरी विश्वकप जित्न सकेका हुन । आक्रमणको जिम्मेवारी सम्हालेका उनी विपक्षीका लागि सबैभन्दा ठुला चुनौति मानिन्थे ।

जसकारण उनी फाइनलमा पनि गोल गर्न सफल रहे र फ्रान्सलाई ऐतिहासिक विश्वकप उपाधि जिताउन सफल भए ।

पउल पोग्बा

नेयमारले बार्सिलोना छाडेर पिएसजी नजादासम्म पाउल पोग्बा विश्वकै धनी र महंगा खेलाडी थिए । युभेन्ट्स छाडेर प्रिमियर लिग म्यन्चेष्टार भित्रिएका उनी त्यसयता क्लब र देशका लागि राम्रो गरिरहेका छन ।

रुस विश्वकपको फाइनल जित्दा एक गोल गरेका पोग्बाले समुह चरणमा पनि गोल गरेका थिए । मिडफिल्डमा रहेर डिफेन्स समेत खेल्ने पोग्बा अगाडी बढेर गोलसमेत गर्न सक्छन् ।

उनकै अलराउण्डर प्रदर्शनकै कारण फ्रान्सले विश्वकप जितेको हो । उनले आफ्ना साथी निगोलो कान्टेसँग मिलेर विपक्षीलाई धेरै पटक निराश बनाएका थिए ।

यस अलाबा गोलकिपर हुग्यो लोरिस, डिफेन्डर भराने र उम्टिीटीजस्ता खेलाडीको एकनाशको प्रदर्शनले पनि रुसको विश्वकप जित्न सबैभन्दा उपयुत्तः नजर हो ।

तपाईको प्रतिक्रिया