सुन तस्करीको ट्रान्जिट बन्दै सर्लाही !


Share This


नेपालबहस संवाददाता    4933 Views

सर्लाही ।  गोरे काण्ड सेलाउन नपाउदै सुन तस्करीको अर्को ट्रान्जिट पोइन्ट सर्लाही जिल्लापनि रहेको पत्ता लागेको छ । दुबई र चीनबाट ठूलो परिणाममा तस्करी भई आउने अवैध सुन काठमाडौंमा जम्मा भएर बीरगंज,जनकपुर,महेन्द्रनगर,भैरहवा लगायतका सीमा नाकाबाट भारततर्फ जाने गरेको तथ्य साढे ३३ किलो सुनकाण्डपछि पर्दाफास भएपनि सर्लाहीको नाम आएको थिएन् । तर दुबई होस वा चीनको केरुङनाकाबाट तस्करी भई आउने अवैध सुनको केही परिमाण सर्लाही जिल्लाको केही सिमावर्तीनाकाहरुबाट समेत भारततर्फ तस्करी हुने गरेको रहस्य पत्ता लागेको छ ।

सुन तस्करहरुको मिलेमतोमा मासिक २० देखि २५ किलोसम्म अवैध सुन सर्लाहीको लालबन्दी,हरिवन,मंलगवा,बरथहवा र ईश्वरपुरका सुनचादी व्यवसायीहरुमार्फत भारततर्फ तस्करी हुने गरेको हाम्रो अनुसन्धानको क्रममा खुलासा भएको छ । एकजना सुनचांदी व्यवसायीले नाम नबताउने सर्तमा नेपालबहस डटकमलाई दिएको जानकारी अनुसार लालबन्दीमा रहेको जय माता दी गोल्ड एन्ड सिल्भर प्यालेस, हरिवनको पप्पु ज्वेलर्स र जय किसुन ज्वेलर्स तथा ईश्वरपुरका रामश्याम ज्वेलर्स लगाएतका व्यवसायीहरु सुन तस्करीको धन्दामा सामेल रहेका छन् । उनका अनुसार पप्पु ज्वेलर्सका मालिक नवल साह हुन् । भारतीय नागरिक रहेका यिनी २०६३ /०६४ पछिमात्र नेपाली नागरिक भएका हुन् । यस्तै हरिवनकै जय किसुन ज्वेलर्सका साहु जुगल साह र अबध साह हुन् । यी पनि अहिले नेपाली नागरिक भइसकेका छन् ।

त्यस्तै ईश्वरपुरको राम श्याम ज्वेलर्सका साहु तिलक बहादुर हुन् । स्मरण्।ीय के छ भने, रविन्द्र धानुक सर्लाहीको प्रहरी प्रमुख हुदा ब्हाइट सिल्भर हाउस काठमाडौको चलानबाट एक क्विन्टल अवैध चांदी ल्याउदै गर्दा प्रहरीले बाग्मतीस्थित कमैयाबाट पक्राउ गरेको थियो । प्रहरीले अवैध एक क्विन्टल चांदी र सो चादी बोक्ने कारलाई राजस्व अनु्सन्धान कार्यालय बर्दिबासमा बुझाएको थियो । सो कार अहिले पनि कुहिरहेको छ । सो अवैध चांदी जयकिसुन ज्वेलर्स हरिवनको भएको प्रमाणित भएको थियो ।

यस्तै ईश्वरपुरको राम श्याम ज्वेलर्सले तस्करीको सुनचांदी मात्र होइन कि पुर्नवास क्षेत्रका डांकाहरुले भारतबाट डांका गरी ल्याउने तिजौरीका गरगहनापनि खरिद बिक्री गर्ने गरेको समाचार स्रोतको दावी छ । पुर्नवासका डांकाहरुले भारतबाट चोरी गरी ल्याउने त्यस्ता सुन चादीका गरगहनाहरु बर्दीबास,ईश्वरपुर र बरथहवाका अन्य सुन चांदी व्यवसायीहरुले पनि खरिद गर्ने गरेको स्रोतको दावी छ । पहिला सामान्य आर्थिक हैसियत भएका ईश्वरपुरका तिलक बहादुर त्यस्तै इधर उधर व्यवसायबाट छोटो अवधिमै करोडपति भएको देखिजान्नेहरु बताउछन्् ।

गोरे काण्डपछि गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिको अनुसन्धानको क्रममा बीरगंजका सुन तस्कर राज कुमार दारुका पक्राउ परेभने सोही कनेक्सनका आधारमा काठमाडौं प्रहरीले थानकोट नागढुङगाबाट ३ किलो सुनसहित भारतीय नागरिकहरुलाई पक्राउ गरेको थियो ।

सो सुन सुदुरपश्चिमको महेन्द्रनगर नाकाबाट भारततर्फ तस्करी हुने गरेको रहस्य खुलेको थियो । समितिको अनुसन्धानको क्रममा जनकपुर,सर्लाही तथा महोत्तरी भएरपनि सुन तस्करी हुने गरेको सुचना प्राप्त भएको थियो तर, ठोस परिमाणको अभावमा समितिले कसैलाई पक्राउ गर्न भने सकेको थिएन । समितिको म्याद सकिएपनि सुन तस्करीको थप जालो पत्ता लगाउने जिम्मेवारी केन्द्रिय अनुसन्धान ब्युरो सिआईवीलाई सुम्पेको छ । अब सिआईवीले यतातर्फको अनुसन्धानलाई त्रिवता दिने बताईएको छ ।

सुन तस्करीको अर्को पाटो यस्तो रहेछ
सर्लाहीका केही सुनचांदी व्यवसायीहरुले चीन र दुबईबाट आउने अवैध सुन सर्लाहीका विभिन्न सिमा नाकाहरुबाट भारततर्फ तस्करी गर्ने गराउने मात्र होइन नेपाल राष्ट बैंकले नेपाल सुन चांदी व्यवसायीहरुलाई दैनिक बिक्री गर्ने २० किलो सुनसमेत भारततर्फ बिक्री गर्ने गरेको समाचार स्रोतको दावी छ । नेपाल सुन चांदी व्यवसायी संघको सिफारिसमा राष्टबैकले व्यवसायीहरुलाई दैनिक सुन विक्री गर्ने गरेको छ ।

यसैको फाइदा उठाउदै यहाका सुनचांदी व्यवसायीले २० – २५ वटा प्यान नम्बर र नागरिकता संकलन गरेर संघका अध्यक्ष मोहन कुमार सुनारमार्फत राष्ट बैंकमा कागजपत्र बुझाएर बैंधरुपमै सुन खरिद गर्ने तर नेपालभित्रै गर गहना बनाएर बिक्री गर्नुपर्ने उक्त सुन सर्लाहीका व्यवसायीले भने भारतीय व्यापारीलाई सप्लाई गर्ने गरेको समाचार स्रोतको दावी छ । यो चोर बाटोबाट पनि सर्लाही व्यापारीले मासिक २२- २३ किलो सुन अवैध रुपमा भारतका व्यापारीलाई दिने गरेको बताइएको छ । यो धन्दामा संघका केन्द्रिय अध्यक्ष मोहन कुमार सुनारको पनि संग्लत्ँँ रहेको भनाई एक जना व्यवसायीको छ । यसवापत अध्यक्ष सुनारलाई राम्रै भागबन्डा लगाउने गरिएको ती व्यवसायीको दावी छ ।

यस्तो पनि बदमासी
गरगहना बनाउदा सुन चांदी व्यवसायीले एउटा रसायनको प्रयोग गर्ने गरेका हुन्छन् । जसलाई कालिगढको भाषामा केडीएम धातु भनिन्छ । खासमा यो धातु बम बारुद्ध बनाउन प्रयोग हुन्छ । यो धातुको आयात नियातमा सरकारको पुर्व स्वीकृती लिनुपर्छ । तर अधिकांश व्यवसायीले चोर बाटोबाटै यसको आयात गर्ने काम गर्दै आएका छन् । भारतमा केजीको १२ सय पर्ने यो धातुलाई सर्लाहीका व्यवसायीले भने लाखौ रुपैया पर्ने रसायन हो भनि तोलामा ८ हजारसम्म लिने गरेका छन् । यस्तै सुनमा तामा चांदी र सिसा लगायतको मिश्रण पनि लगाउने र २ आना जति यो धातुको रसायन टाकी लगाएर ग्राहकलाई दिन दाहाडै ठग्ने गरेका छन् । ग्राहकले सो सुन पुन: बिक्री गर्न आउदा तोलामै ४/५ हजार घटाएर खरिद गर्ने गरेर पनि ग्राहक ठगीरहेका छन् ।

सुनचांदी व्यवसायीहरुको यस्तो अवैध धन्दा र ठगी नियन्त्रण गर्न स्थानिय प्रहरी प्रशासनले सक्रियता देखाउनु पर्ने खाचो देखिएको छ । प्रहरी प्रशासनले यस्ता व्यवसायीहरुको कारोबार बारे अनुगमन र अनुसन्धान गर्दै उनीहरुको पसलमा सिलबन्दी र बदमासहरुलाई पक्राउ गर्ने हो भने धेरै कुरा खुल्दै जाने कुराहरु नर्कान सकिदैन ।

जगन्नाथ साह सोनीबाट………………..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार