स्थानीय निर्वाचन : प्रदेश नं २ मा २१ भदौमा उम्मेदवारी दर्ता


Share This

नेपालबहस संवाददाता    

६ साउन, काठमाडौं । निर्वाचन आयोगले २ असोजमा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि २१ भदौमा उम्मेदवारी दर्ता गराउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बिहीबार बसेको बैठकले कार्यतालिकाअनुसार आयोगले २४ भदौमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आयोगले निर्वाचन कार्यक्रमअनुसारका मुख्य निर्वाचन अधिकृतको नियुक्ति छिटै गर्ने भएको छ ।

तेस्रो चरणमा प्रदेश नम्बर २ का आठ जिल्लाका एक सय २७ स्थानीय तहमा निर्वाचन हुनेछ । त्यसका लागि आयोगले सम्पूर्ण सामग्री जिल्लामा पुगिसकेको जनाएको छ । १४ असारमा हुने भनिएकाले त्यतिवेलै निर्वाचन सामग्री जिल्लामा पुगिसकेको आयोगले जनाएको छ ।

प्रदेश नम्बर २ का जिल्लामा निर्वाचनका लागि कार्यालय सञ्चालन भइसकेका छैनन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेपछि मात्र कार्यालय सञ्चालनको तयारीमा आयोग छ । आयोगले चाँडै निर्वाचन अधिकृत नियुक्त गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार