सुन तस्कर रामबाबुलाई ५ तारे सुविधा


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । एक किलो सुन तस्करीका मुख्य अभियुक्त रामबाबु सिहं भूमिहारलाई राजस्व अनुसन्धान कार्यालय पथलैयाले ज्वाइलाई झै ५ तारे होटल सरहको सुविधा उपलब्ध गराएको छ ।

आफ्नै भरियाले पोल खोलेपछि गत शुक्रबार राजस्व अनुसन्धान कार्यालय पथलैयाको हिरासतमा पुगेका सिहंलार्ई हिजो देखि बीरगंजस्थित नेशनल मेडिकल कलेजको एसीसहितको क्याविनमा राखिएको छ । एक जना डाक्टरको फर्जी रिर्पोटका आधारमा सामान्य ज्वरो समेत नआएका सुन तस्कर सिहंलाई गम्भिर बिरामी भएको बाहाना बनाएर नेशनल मेडिकल कलेजमा उपचारार्थ राखिएको हो ।

दैनिक ३ हजार शुल्क लाग्ने उक्त क्याविनमा उनलाई सम्पुर्ण सेवा सुबिधासहित राख्नाले राजस्व अनुसन्धानका कर्मचारीको नियतमाथि गम्भिर आशंका उत्पन्न भएको छ । राजस्वका कर्मचारीले मोटो रकम हात पारेर सुन तस्कर सिहंलाई चलखेल गर्ने बाटो उपलब्ध गराएको बताइएको छ । अनुसन्धानका कर्मचारीहरुको यस्तो गम्भिर लापर्बाहीले उनलाई चोख्याउन खोजिएको त होइन भन्ने प्रश्न चिन्ह खडा भएको छ रु

यतातर्फ अर्थमन्त्री युवराज खतिवडा र सरकारकै विशेष ध्यान जानुपर्ने आवश्यकता खड्किएको छ । समाचार स्रोतले दिएको जानकारी अनुसार तस्कर सिहंलाई जोगाउने खेलफड्कोमा बीरगंजका पुराना सुन तस्कर एवम माफिया डन नन्दु श्रीवास्तव लागि परेका छन् । श्रीवास्तव उनलाई जोगाउन ज्यान फालेर लाग्नुले सुन तस्करी काण्डमा उनको पनि पर्दा पडाछिको संलग्नता हुन सक्नेतर्फ अनुसन्धान केन्द्रित भएको छ ।

कतै सुन तस्करीको ठूला माछा श्रीवास्तव नै त होइन भन्नेतर्फ अनुसन्धान केन्द्रित हुन थालेको छ । गत आइतबार मात्र सिहंलाई जिल्ला अदालत पर्साबाट एक हप्ताको म्याद थपेर बयान लिने कार्य जारी थियो । राजस्व कर्मचारीको अनुसन्धानका क्रममा सिहं बाहेक उनका अन्य व्यवसायिक साझेदार एवम मतियारको पनि खोजी भैइरहेको छ ।

केही समय अगाडि बीरगंजमै बेवारिसे रुपमा प्रहरीले बरामद गरेको ७ किलो सुनको मुख्य मालिक यिनै सिहं रहेको समाचार स्रोतको दावी छ । सुन तस्कर सिहंलाई छुटाउन यतिबेला बीरगंजका श्रीवास्तव सहित केही दलालहरु र उनका दाजु लालबाबु सिहं सक्रिय रहेको बताइएको छ ।
लालबाबु सिहं २०७० को संविधान सभा निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट समानुपातिक सासदमा मनोनित भएका थिए । यिनै सिहं अहिले आफ्ना भाइलाई छुटाउने दाउमा काठमाडौं आइपुगेको समाचार प्राप्त भएको छ ।

उनी नेपाली काग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला लगायतका विभिन्न शक्ति केन्द्रमा तस्करीबाट आर्जित पैसाको बिटो बोकेर भेटघाटमा व्यस्त रहेको बुझिएको छ ।

यो पनि पढ्नुस

रामबाबु सिंह एक किलो सुनका मालिक रहेको खुलासा !

बीरगञ्जका सुन तस्कर रामबाबु सिंह प्रकाउ !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार