fbpx

एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डलाई, भारत पछि पर्यो !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, २ साउन । भारतसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ । मंगलबार राती भएको तेश्रो एकदिवसीयमा भारतलाई ८ विकेटले हराउदै इंग्ल्याण्डले श्रृंखला कब्जा गरेको हो ।

जितसँगै इंग्ल्याण्डले एकदिवसीयको शीर्ष बरियतामाथि कब्जा जमाएको छ । भारत भने पछि परेको छ । इंग्ल्याण्डसँगको श्रृंखला जितेको खण्डमा भने भारतले आफ्नो पुरानो बरियता उक्लिन सक्ने थियो ।

तर इंग्ल्याण्डका कप्तान इयोन मोर्गन र जोय रुटको फर्मका कारण भारतीय टोली निरिह साबित हुन पुग्यो । इंग्ल्याण्डको जितमा रुटले शतक र मोर्गनले ८८ रन बनाएर १ सय ८६ रनको साझेदारी गरेका थिए ।

टस हारेपछि नै दबाबमा परेको भारतले पहिले व्याटिंग गर्दा २ सय ५६ रनको मध्यम योगफल मात्रै बनाएको थियो । उसका लागि विराट कोहलीले ७१ रन बनाउनु बाहेक अरु कसैले अर्धशतक बनाउन सकेनन । इंग्ल्याण्डका अदिल रसिद र विल्लीले समान तीन तीन विकेट लिए ।

जवाफी व्याटिंगमा उत्रिएको इंग्ल्याण्डले रुट र मोर्गनले विजयी पाली सम्हालेका थिए । त्यसअघि जोनी ब्रेश्चोले ३० र जेम्स भिन्सले २७ रन जोडे ।

भारतका शर्दल ठाकुरले मात्रै एक विकेट लिन सके । ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला जितेको भारतले अब पाँच वटा टेस्ट क्रिकेट खेल्नेछ ।

तपाईको प्रतिक्रिया