fbpx

जीवन मरणको दोसाधमा डा.केसी, सरकार वार्ताबाटै पन्छियो !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं, २ साउन । जुम्लामा १९ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था निकै जटिल बनेको छ । डा.केसी पटक पटक अचेत भइरहेपनि सरकारले वार्तालाई नै रोकिदिएको छ ।

सरकारले डा.केसीलाई काठमाडौँ ल्याउनुपर्ने अडान राख्दा केसी पक्षले भने पहिला चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता गर्नुपर्ने माग राखेका छन् । डा.केसी स्वयंमले आफु जतिसुकै अप्mठ्यारोमा परेपनि माग सम्बोधन नभएसम्म काठमाडौँ नआउने बताएपछि समस्या थप जटिल बनेको छ ।

सोमबार गठन भएको सरकारी वार्ता टोलीले सोमबार साँझ र मंगलबार वार्ता गरेपनि कुनै सहमति हुन सकेको छैन । जसकारण डा.केसी जीवन मरणको अवस्थामा पुगेका हुन ।

सरकारले बुधबार वार्ता गर्न समय नतोकेको र वार्ताबाटै भाग्न चाहेको डा.केसी पक्षका वार्ता टोली सदस्यले बताएका छन । केसी पक्षका वार्ता टोली सदस्य डा.अभिषेक सिंहका अनुसार सरकारले डा.केसीलाई काठमाडौ नल्याएसम्म अगाडी बढ्न नसकिने बताएपछि वार्ता रोकिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया