fbpx

आज पनि पानी पर्ने, खोलामा बाढी आउन सक्ने !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं, २ साउन । आज देशका धेरै ठाउँमा पानी पर्न सक्ने मौसमविदले बताएका छन । अहिले देशभरकै मौसम बदली भएको छ । उपत्यकाका केही ठाउँमा हल्का पानी परिरहेको छ ।

ठूलो पानी पर्ने सम्भावना नरहेपनि एक दुई घण्टा पर्ने पानीले समेत खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन मौसमविदले भनेका छन । मनसुन कमजोर भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको २४ घण्टामा लुम्लेमा ६८ मिलिमिटर पानी पर्दा, जिरीमा २० दशमलब ५ र जोमसोममा ४ दशमलब ८ मिलिमिटर पानी परेको छ ।

अरु ठाउँमा फाट्टफुट्ट वर्षा भएको छ । आज पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् बरुण पौडेलले बताए ।

तपाईको प्रतिक्रिया