fbpx

पहिरोले ४ घर पुरिदा एक जनाको ज्यान गयो, ४ को सकुशल उद्धार


Share This

नेपालबहस संवाददाता    

पर्वत, २ साउन । पहिरोले पर्वतको जलजला गाउँपालिका –८, लस्तीका ४ घर पुरेको छ । घर पुरिदा एक जनाको ज्यान गएको छ भने अरु ४ जनाको सकुशल उद्धार गरिएको छ ।

मंगलबार राति वर्षासँगै आएको पहिरोले जलजला –८, लस्तीका बमबहादुर परियारको घरसहित ४ घर पुरेको हो । पहिरोमा परेकाको नेपाली सेना र प्रहरीले उद्धार गरेको हो । तर एक जनालाई मृत्त अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

मृत्तकको पहिचान खुलेको छैन । पहिरोले गर्दा मालढुंगा–बेनी सडकखण्ड अवरुद्ध हुँदा गाडी चल्न सकेका छैनन । गाडी नचल्दा यात्रु भने अलपत्र परेका छन ।

पर्वतकै बास्कोटमा स्थानीय भिमलाल आचार्यको घर पहिरोमा परि भत्किँदा ६ जना घाइते भएका छन् ।

https://www.facebook.com/bikash.2324/videos/1582912821836308/

 

भिडियो विकास जिसीको फेसबुकबाट

तपाईको प्रतिक्रिया