fbpx

प्रदेश सरकारले कमैयालाई व्यवस्थीत गर्ने : मुख्य मन्त्री पोखरेल


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कमैयालाई व्यवस्थित तरीकाले मुक्त गराउने काम अव प्रदेश सरकारले गर्ने बताएका छन् ।

१९ औ मुक्ति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्य मन्त्री पोखरेलले पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा सरकारका पालामा घोषणा भएका कमैयाहरु पुर्व तयारी बिना भएकाले अव प्रदेश सरकारले केन्द्र सरकार संग मिलेर कमैया र मुक्त कमैया दुवैलाई व्यवस्थित गर्ने बताएका छन् ।

शिक्षा, स्वास्थ्य तथा कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर हुने जस्ता तालिमहरु दिएर उनीहरुको जिविको पार्जनमा सहयोग पुराउने उदेश्यले अब चाडै नै केन्द्र सरकारसंग सहकार्य गरेर दाङ्ग,बांके, बर्दिया ,कैलाली लगायतका मुक्त भैइसकेका र हुन बांकी दुवैलाई प्रदेश सरकारले व्यवस्थित तरिकाले पूर्नस्थापनाको तयारी गर्ने मुख्य मन्त्री पोखरेलले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार