fbpx

काठमाडौं आउन तयार भए अनसनरत डा.केसी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि जुम्लामा आमरण अनसनरत डा.गोविन्द केसी काठमाडौं आउन तयार भएका छन् ।

‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ अनसनरत डा। केसीसँगै रहेका डा. विषद दहालले बताए । केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।

यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा। केसीसम्म पुग्नै दिएका थिएनन् ।

डा.केसीले पनि आफ्नो स्वास्थ्यप्रति सरकार गम्भीर हो भने माग पुरा गर्न सरकारलाई आग्रह गरे । तर, स्थानीय प्रशासनले डा. केसीका समर्थकमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ । लाठी चार्जबाट थुप्रै विद्यार्थी तथा स्थानीय घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार