fbpx

ओली सरकारले गर्यो जुम्लीमाथि दमन !


Share This

नेपालबहस संवाददाता    

जुम्ला । अनसनरत डाक्टर गोविन्द केसीलाई सरकारी टोलीसँग काठमाडौ ल्याउन नदिएको भन्दै डाक्टर गोविन्द केसी समर्थक जुम्लीहरुमाथि प्रहरीले व्यापक दमन गरेको छ ।

झडपका क्रममा प्रहरीले अस्पतालमा पसेर अन्धाधुन्द लाठी प्रहार गरेको छ । त्यसक्रममा केसी समर्थक विद्यार्थीसँगै डाक्टर र विरामी कुरुवा गरि केसीका तीस चालिस जना समर्थकहरु घाइते भएका छन् । घाइते विद्यार्थीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।

Image result for गोविन्द केसीका समर्थकमाथि लाठीचार्जआमरण अनसनरत डा.गोविन्द केसीलाई लिन डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । विगत २० दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि सरकारले उनलाई काठमाडौं ल्याउन भन्दै हेलिकप्टर पठाएको थियो ।

तर प्रहरीले बल प्रयोग गरेर डा. केसीका समर्थकलाई हटाएको छ र अबको केही बेरमा डा. केसीलाई काठमाडौ ल्याउने तयारी गरिएको छ । यता अनसनरत डा केसीले सरकारसंग नझुक्ने अडान लिदै सरकारी हेलिकप्टरमा काठमाडौं नफर्किने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार