fbpx

सरकारलाई दिएको समर्थन फिर्ता लिन बालुवाटार पुगेका राजपा नेता रित्तै फर्किए


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, ४ साउन । सरकारले मनलाग्दी गर्दै गएको तर संविधान संशोधनमा ध्यान नदिएको भन्दै राजापा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको थियो । तर यसैका लागि मंगलबार बेलूकी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका राजपाका अध्यक्ष अर्को ललिपप देखेर रित्तै फर्किएका छन ।

ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव गरेपछि राजपाका नेताहरु चुपचाप लागेर फर्केका थिए । तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्ध, उद्योग स्थापनालगायतका लागि बृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका छन ।

प्रधानमन्त्री ओलीले तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने बताउनुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामाजिक विकृतिबाट तराईका जनतालाई मुक्त पार्नुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

यसअघि संविधान संशोधनको ललिपप देखाएर राजपाका नेतालाई फकाएका ओलीले फेरी तराईको विकास गरिदिने भन्दै समर्थन जोगाएका छन । राजपाको समर्थनबाट दुई तिहाई पाएर फुर्किएका ओली निरंकुश बनेको तर आफ्ना माग पुरा गर्न ध्यान नदिएको भन्दै समर्थन फिर्ता लिने बताएको थियो ।

तर प्रधानमन्त्री ओलीसँगको भेटमा राजपाका नेता महन्थ ठाकुरले ज्ञापनपत्र बुझाउदै तराईको बाढी, मधेस आन्दोलनका घाइतेको अवस्था र मुद्दा, तराईको विकास, मधेस र थारु आन्दोलनको छानबिनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान संशोधन गर्न माग गरेका थिए ।

तपाईको प्रतिक्रिया