fbpx

श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोश्रो टेस्ट क्रिकेट शुरु, दबाबमा डुप्लेसिस !


Share This

नेपालबहस संवाददाता    

कोलम्बो, ४ साउन । श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोश्रो टेस्ट क्रिकेट शुक्रबारदेखि शुरु भएको छ । कोलम्बोमा घरेलु टोली श्रीलंकाले टस जितेर व्याटिंग गरिरहेको छ ।

उसले शुरुको २२ रन जोड्दा कुनै विकेट गुमाएको छैन । पहिलो टेस्टमा १ सय ५८ रनको शतकीय पाली खेलेका दिमुथ करुणारत्ने आजको दोश्रो टेस्टमा पनि फर्ममा देखिएका छन ।

करुणारत्नकै शतकीय इनिंगले पहिलो टेस्टमा श्रीलंका विजयी भएको थियो । ऐतिहासिक पहिलो टेस्ट जिेतेको श्रीलंकाले आज पनि त्यही फर्मलाई निरन्तरता दिने कोसिस गरिरहेको छ ।

यद्यपी उसका कप्तान दिनेश चण्डिमाल र प्रशिक्षक बल टेम्परिंग विवादका कारण प्रतिबन्धमा छन । तर स्पिनर रंगना हेराथको जादु र दिलरुवान परेराको बलिंगले श्रीलंकालाई ठूलो आत्मविश्वास छ ।

यी दुई स्पिनरले पहिलो टेस्टको दोश्रो पालीमा दक्षिण अफ्रिकाको १० विकेट झारेका थिए । त्यसमध्ये ६ विकेट त परेराले नै लिएका थिए ।

पहिलो टेस्टमा लज्जास्पद प्रदर्शन गरेको दक्षिण अफ्रिका दोश्रो टेस्टमा सम्हालिने मनस्थितीमा छ । उसका फास्ट बलर डेल स्टेन र भरपर्दा व्याट्सम्यान हसिम अमला टिममा फर्किएकाले पनि दक्षिण अफ्रिकाका कप्तान फाप डुप्लेसिसमाथिको भार केही कम भएको छ । डुप्लेसिसले बलिंगमा नेग्डी र डी ब्रुएनीलाई थपेको छ ।

यद्यपी हेराथकै स्पिन जादुका कारण दुई बर्ष अघि अष्टेलियालाई निराश बनाएको श्रीलंकालाई हराउन दक्षिण अफ्रिकालाई फलामका चिउरा चपाउनु सरह हुनेछ ।

सुपरस्टार एबी डी भिलियर्सले अन्तराष्टिय क्रिकेटबाट सन्यास लिएपछि दक्षिण अफ्रिकाका कप्तान डुप्लेसिसमाथि दबाब बढेको छ । यद्यपी यसअघि टेस्ट क्रिकेटको नम्बर एक टोली भारतलाई हराएको दक्षिण अफ्रिका कमजोर भने छैन ।

तपाईको प्रतिक्रिया