fbpx

हेलो सरकारमा ३ महिनामा ३ हजार बढी उजुरी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बैशाखदेखि असार मसान्तसम्म हेलो सरकारमा ३ सय ७२ वटा गुनासा तथा उजुरी परेका छन् । वैशाख, जेष्ठ र असार महिनामा गरी हेलो सरकारमा विभिन्न माध्यमबाट गुनासाहरु आएको बताइएको छ ।

३ महिनामा हेलो सरकारमा परेका गुनासाहरुमा इमेलबाट २ सय १७, टेलिफोनबाट प्राप्त ५ सय १९, ट्वीटरबाट १ हजार ८ सय ९४ गुनासाहरु दर्ता भएका छन् । यस्तै फेसबुकको माध्यमबाट २ सय ७३ र अन्य माध्यमबाट १ सय ६९ गरी गएको ३ महिनामा जम्मा ३ सय ७२ वटा उजुरी तथा गुनासा परेका छन् ।

हेलो सरकारले आफ्नो सामाजिक सञ्जाल ट्वीटर एकान्टमा ट्वीट गर्दै बैशाखदेखि असारसम्म हेलो सरकारमा विभिन्न माध्यमबाट गुनासाहरु दर्ता भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार