fbpx

शुक्रबार अधिकांश स्थानमा मध्यम बर्षा हुने अनुमान


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा शुक्रबार दिउँसोपख र रातीको समयमा हल्लादेखि मध्यम खालको बर्षा हुने अनुमान गरेको छ ।

शुक्रबार र शनिबार २ दिन मुख्य नदीहरूमा बहाब बढ्दो क्रममा रहने तर सतर्कता तह भन्दा तलै हुने अनुमान गरिएको छ। शुक्रबार बिहान महाशाखाले प्रकाशित गरेको सुचना प्रकाशित गरेर शनिबार र आइतबार बागमती, पुर्वि राप्ती, नारायणी, बाणगंगा, तिनाउ, बबई, पच्चिम राप्ती, कर्णाली, मोहना मछेली,महाकाली लगायत मध्य र पच्चिम भागको चुरेबाट प्राय सबै नदीहरूमा बहाव बढ्ने भएकाले आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ ।

देशका मुख्य नदीहरुमा अहिले जलसतह सामान्य रुपमै घट्ने क्रममा रहेकाले सर्तकता तह भन्दा कम हुने अनुमान गरिएको छ । थप जानकारीका लागि तलको सुचनामा हेर्न सक्नु हुनेछ ।
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार