fbpx

साउनको तेस्रो सातादेखि कर्मचारी समायोजन गरिने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसुरु गरिने भएको छ ।कर्मचारी समायोजनको लागी मन्त्रालयले साउन १५ मा सूचना प्रकाशनको तयारी गरेको जानकारी प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए ।

संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको संख्या यकिन भएपछि मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाउन लागेको हो । कर्मचारी समायोजन ऐन २०७४ अनुसार ज्येष्ठता, पायक पर्ने जिल्ला र रुचिका आधारमा समायोजन गरिनेछ । संघ र प्रदेशमा रहने मन्त्रालय र विभागरनिकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर टुंग्याइएको छ ।

भर्खरै मन्त्रिपरिषद्बाट स्वीकृत ओएन्डएमअनुसार संघमा ४५ हजार ८ सय १५ र ७ वटा प्रदेशमा १६ हजार ५ सय ७० कर्मचारी रहनेछन् ।संघमा रहने विभाग र निकायको संख्या अनुमान गरिएभन्दा निकै बढेपछि अघिल्लो पटक गरिएको आकलनभन्दा संघमा कर्मचारी संख्या १५ हजार बढेको हो ।

स्थानीय तहमा ५७ हजार ७ सय ६६ कर्मचारी आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय तहमा रहने अस्थायी दरबन्दी स्वीकृत भएकाले समायोजन प्रक्रिया अघि बढाउन सकिने अधिकारीले बताए ।

स्थानीय तहमा १० हजार कर्मचारी अपुग देखिन्छन् । ७ सय ५३ मध्ये ७३ स्थानीय तह प्रमुखविहीन छन् । उपसचिवको दरबन्दी रहेका ती निकायमा अधिकृतले काम चलाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार