बाग्लुङमा जिप दुर्घटना, चारजनाको मृत्यु, ६ गम्भीर घाइते


Share This

नेपालबहस संवाददाता    

९ साउन, बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरस्थित बादिपमा सोमबार एक यात्रीबहाक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बडिगाड गाउँपालिका जलजलाका हुमेन काउचा, सिमाकका मुक्त पाइजा, नरबहादुर शेर्बुजा र गाडीचालक तुलबहादुर पुन छन् ।

घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । घाइतेको जिल्ला अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

बाग्लुङको जलजलावाट खर्वाङतर्फ आउँदै गरेको जिप ‘ब्रेकफेल’ भइ सडकबाट करिब ७०० मिटर तल खसेको जनाइएको छ । जिपमा ११ जना यात्री सवार थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार