fbpx

टर्कीका राष्ट्रपतिसँगको फोटोका कारण ओजिलले फुटबलबाट सन्यास लिए !


Share This

नेपालबहस संवाददाता    

काठमाडौ, ७ साउन । सन् २०१४ मा जर्मनीलाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन ।

इंग्लिस क्लब आर्सनलका मिडफिल्डर ओजिल अहिले पनि विश्वकै एत्कृष्ट मिडफिल्डर मध्येका एक हुन । तर हालै रुसमा सकिएको विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै तिब्र आलोचना भएपछि ओजिलले जर्मनीका लागि अब नखेल्ने भन्दै सन्यासको घोषणा गरेका हुन ।

टर्कीका राष्ट्रपति रिसेप तयोप एर्दोगानसँगको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना खेपेपछि त्यसलाई सहन नसकेर ओजिलले सन्यास लिएको पुष्टि गरेका छन । उनले आइतबार राती लामो विज्ञप्ती जारी गर्दै आफुलाई नस्लवादको आरोप लागेको भन्दै अब जर्मनीका लागि नखेल्ने बताएका हुन ।

रियल मडिडमा समेत खेलिसकेका ओजिलले २००९ मा जर्मनीको राष्टिय टिममा डेब्यू गरेका थिए र ९२ क्याप जितेका छन् । जर्मनीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका ओजिलले २३ गोल पनि गरेका छन ।

बुन्डेसलिगामा खेल्दा पनि पाँच पटकसम्म जर्मनीकै उत्कृष्ट खेलाडी घोषित भएका ओजिलले सन्यास घोषणा गर्नु दुःखद भएको टिप्पणी गरेका छन । उनले खासगरी आफुलाई चर्को आलोचना गर्ने राजनीतिक दलका नेताप्रति तिब्र असन्तुष्टि व्यक्त गरेका छन ।

तपाईको प्रतिक्रिया