fbpx

नेविसंघको निशानामा बालुवाटार : अहिले ८ बजे प्रदर्शन गर्ने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । डा.केसीका माग सम्बोधन गर्न दबाब दिदै कांग्रेस निटक नेपाल विद्यार्थी संघले मंगलबार बिहान बालुवाटारमा प्रदर्शन गर्दैछ ।
यसअघि माइतीघर मण्डला लगायतका ठाउँमा प्रदर्शन गर्दै आएको नेविसंघले निर्णायक दबाबका लागि बालुवाटारको प्रधानमन्त्रीनिवास अगाडी प्रदर्शन गर्ने निर्णय गरेको हो ।

डा.केसी अनसन बसेको २५ दिन पुग्दा पनि सरकारले माग सम्बोधनमा कुनै पहल नगरेको भन्दै नेविसंघले प्रदर्शन चर्काउने जनाएको छ । यसअघि नयाँ बानेश्वरमा प्रदर्शनका क्रममा कांग्रेसकै तरुण दललाई प्रहरीले बल प्रयोग गरेपछि नेविसंघ थप आन्दोलित बनेको हो ।

कांग्रेस सभापति शेर बहादुर देउवाले डा.केसीका माग सम्बोधन नभएसम्म आन्दोलन चर्काउन पार्टी कार्यकर्तालाई समेत निर्देशन दिएका छन ।

तपाईको प्रतिक्रिया