fbpx

अमेरिकाले नाकाबन्दी नहटाउदा उत्तर कोरियाद्धारा रकेट परीक्षणस्थल ध्वस्त !


Share This

नेपालबहस संवाददाता    

प्योङहाङ । अमेरिकासँगको सम्झौता कार्यान्वयन गर्न उत्तर कोरियाले रकेट परीक्षणस्थल नष्ट गर्ने काम शुरु गरेको छ । यसअघि उसले क्षेप्यास्त्र परीक्षणस्थललाई नष्ट गरेको थियो ।

यसअघि स्याटेलाइट परीक्षणस्थल नष्ट गरेपनि त्यसलाई अमेरिकाले पत्याएको थियो । तर उत्तर कोरियाले निकै अमेरिकालाई विश्वासमा पार्न आफ्ना पुराना गतिविधि एकपछि अर्को गरी नष्ट गर्न थालेको हो ।

यो ऐतिहासिक सहमतिका लागि उत्तर कोरियाली नेता किम जोङ ऊन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत महिना सिंगापुरमा भेटवार्ता भएको थियो ।

जहाँ कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा निःशस्त्रीकरण गरिने दुबै नेताले बताएका थिए र सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यद्यपि, निःशस्त्रीकरण कहाँबाट र कसरी शुरु गर्ने भन्नेमा भने मतैक्यता देखिएको थिएन । दुई देशबीच केहीअघि विवाद समेत देखिएको थियो । उत्तर

कोरियाले अमेरिकाले परमाणु निःशस्त्रीकरणका लागि अनावश्यक दबाव दिएको भन्दै असन्तुष्टि जनाएको थियो ।

उसले आफुले सहमतिको पालना गरेको भन्दै नाकाबन्दी हटाउन माग गरेको थियो । तर अमेरिकालाई नाकाबन्दी नहटाएपछि उत्तर कोरियाले रकेट परीक्षणस्थललाई पनि नष्ट गर्न शुरु गरेको हो ।

यसअघि उत्तर कोरियाले चीनलाई समेत नाकाबन्दी हटाउन आग्रह गरेको थियो । चीनले सहमति कार्यान्वयनपछि नाकाबन्दी हटाउन सकिने बताएपछि उत्तर कोरियाले आफ्ना निशस्त्रीकरण गतिविधिलाई तिब्रता दिएको हो ।

तपाईको प्रतिक्रिया