fbpx

डा.केसीका माग सम्बोधन गर्न मन्त्री ज्ञवाली र नेता नेम्वाङको अग्रसरता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । २५ दिनदेखि अनसनरत डा.गोविन्द केसीका माग सम्बोधन गर्न परराष्टमन्त्री प्रदीप ज्ञवाली र नेता सुवास नेम्वाङले अग्रता लिएका छन ।

उनीहरुले सोमबार यसबारेमा पहिलो चरणमो सामान्य छलफल समेत गरेका छन । सरकारले माग सम्बोधन ध्यान नदिएपछि नागरिक समाजको दबाब खेप्न नसकेर मन्त्री ज्ञवाली र नेता नेम्वाङले अग्रसरता लिएका हुन ।

उनीहरुले डा.केसीका माग सम्बोधन गर्न सोमबार केदारभक्त माथेमा लगायत नागरिक समाजका अभियान्तालाई भेटेका छन । माथेमासँगको भेटमा ज्ञवाली र नेम्वाङले विधेयक संशोधनको प्रस्ताव राखेका छन ।

छलफलमा मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटा र शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि सहभागि छन । उनीहरुले डा.केसीले उठाएको मागलाई सम्बोधन गर्ने गरी विधेयकमा माफियाका अनुकुलमा रहेका केही बुँदा संशोधन गर्ने संकेत गरेका छन ।

अहिले विधेयकमा तीन बर्ष सञ्चालनमा रहेकालाई मात्रै सम्बन्धन दिने र काठमाडौँमा १० बर्षसम्म मेडिकल कलेज खोल्न नपाइने बुँदा हटाइएको छ ।

यसले अहिले सम्बन्धन पाउने लाइनमा लागेका मेडसिटी, नेसनल, मनमोहन र बिएण्डसी कलेजलाई प्रत्यक्ष फाइदा पुग्नेछ । यही बुँदा थप्नका लागि ज्ञवाली र नेम्वाङले विशेष भूमिका देखाइरहेका छन ।

उनीहरुले डा.केसी पक्षसँग अनौपचारिक वार्ता गरेर माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप छलफल गर्नेछ ।

तपाईको प्रतिक्रिया