fbpx

कानुनमन्त्री शेरबहादुर तामाङ बर्खास्त, आजै राजीनामा दिने घोषणा !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बंगलादेशमा मेडिकल विषय पढिरहेका विद्यार्थीमाथिको गैरजिम्मेवार अभिव्यक्तिले कानुनमन्त्री शेर बहादुर तामाङ बर्खास्तीमा परेका छन । यद्यपी मन्त्रीपरिषदले यसको औपचारिक निर्णय गरेको छैन । तर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सत्तारुढ दलको बैठकले कानुनमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

पार्टीको निर्णय अनुसार कानुनमन्त्री तामाङले मंगलबार दिउँसो राजीनामा दिने घोषणा गरेका छन । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले पढाईका लागि शरीर बेच्नुपर्ने जस्तो आपत्तिजनक टिप्पणी गरेपछि मन्त्री तामाङको चौतर्फी आलोचना भएको थियो ।

उनले मेडिकल कलेजका व्यापारी दुर्गा प्रसाईको बहकाउमा लागेर यस्तो बोली बोलेका थिए । अन्ततः त्यही बोलीले उनको मन्त्री पद खोसिएको छ । मन्त्री तामाङले आपत्तिजनक अभिव्यक्ति दिएको २४ घण्टाभित्रै माफी समेत मागेका थिए । तर उनको माफीले कुनै सहानुभूति राख्न सकेन ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा चर्को आलोचना भएपछि उनले माफी मागेपनि विपक्षी दल नेपाली कांग्रेस, राप्रपा र विवेकशिल साझा पार्टीले मन्त्री तामाङलाई कारबाही गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

अन्ततः सामाजिक सञ्जालमार्फत उर्लिएको आलोचनाको भीडले मन्त्री तामाङलाई बर्खास्त गर्न प्रधानमन्त्री पनि बाध्य भएका छन ।

गैरजिम्मेवार हर्कत र बोली बोलेर जागिर गुमाउने तामाङ पुर्व एमालेभित्रका दोश्रो नेता हुन । यसअघि एमालेबाटै कृषिमन्त्री बनेका हरि पराजुलीले पनि रोपाईमा महिलालाई दुव्र्यवहार गरेको भन्दै मन्त्री पद गुमाएका थिए ।

तपाईको प्रतिक्रिया