fbpx

ग्रीसमा भीषण आगलागी : २० जनाको मृत्यु, १ सय ४ जना घाइते !


Share This

नेपालबहस संवाददाता    

एथेन्स । ग्रिसको जंगलमा भीषण आगलागी भएको छ । आगलागीमा परी २० जनाको मृत्यु भएको छ भने १० जना पर्यटक बेपत्ता भएका छन ।

आगलागीमा १०४ जनाभन्दा बढी घाइते भएका छन । तीमध्ये ११ जनाको अवस्था गम्भिर रहेको र १६ जना बालबालिका पनि आगलागीमा परी गम्भिर अवस्थामा पुगको छन ।

ग्रीसको एथेन्स वरपरका जंगलमा फैलेको आगो नियन्त्रणको प्रयासमा सरकार लागेको छ । यद्यपी अहिलेसम्म आगो नियन्त्रणका प्रयास खेर गइरहेको छ ।

आगलागीका कारण मातीको समुद्री तटमा रहेका रिसोर्टमा दर्जनौ व्यक्ति फसेका बिबिसीले जनाएको छ । ग्रिस सरकारका प्रवक्ता डिमिथिस टान्जाकोप्लोस २० जनाको मृत्यु भएको पुष्टि गरेका हुन । घाइतेको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया