fbpx

धादिङको गजुरीमा ४ दशमलव ८ रेक्टरको भूकम्प !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव ८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको परकम्प गएको थियो ।

त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा ७ दशमलव ६ रिक्टर स्केल भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका छन् ।

तपाईको प्रतिक्रिया