fbpx

प्रमुख प्रतिपक्षीद्धारा राष्ट्रियसभा बैठक स्थगन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ । मंगलबारको बैठक शुरु भएको केही समयमै कांग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि आजको राष्ट्रियसभा बैठक स्थगन भएको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएकोमा  कांग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमै भनाभन भएको सहभागी एक सासदले बताए ।

अध्यक्ष तिमिल्सिनाको पटक पटकको आग्रहपछि पनि काँग्रेसका सदस्यहरुले आसन ग्रहण नगरेकाले बैठक स्थगन गरिएको थियो ।आजको बैठकमा अध्यक्षबाट राष्ट्रियसभाका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक भोली बुधबार बिहान ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया