fbpx

डा.केसीको मागका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि प्रधानमन्त्री ओली आफैंले छलफललाई तीव्रता दिएका छन् ।

आमरण अनसनको २५ औ दिनमा आइपुग्दा बल्ल चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाएका छन् ।

अनसनरत डा. केसीका माग बारे प्रधानमन्त्री ओली, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा र मेडिकल काउन्सिल अध्यक्ष धर्मकान्त बाँस्कोटा सहितको टोलीले बालुवाटार छलफल गरिरहेको बताइएको छ ।

विद्येकमा संशोधन गर्न सकिने बुँदामा छलफल गर्ने र ठोस निष्कर्ष निकाल्ने तयारी छ । प्रधानमन्त्री ओलीले यसअघि हिजो पनि विद्येकका विषयमा नेकपाका नेतासँग छलफल गरेका थिए ।

छलफल तथा परार्मशमा नेकपाका अन्य शीर्ष नेताहरु पनि सहभागी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया