fbpx

कानुनमन्त्री शेर बहादुर तामाङले गैरजिम्मेवार हर्कत र बोलीको कारण दिए राजीनामा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बंगलादेशमा मेडिकल विषय पढिरहेका विद्यार्थीमाथिको गैरजिम्मेवार अभिव्यक्ति कारण कानुनमन्त्री शेर बहादुर तामाङले राजीनामा दिएका छन् ।

नेकपा पार्टीको निर्णय अनुसार कानुनमन्त्री तामाङले मंगलबार दिउँसो राजीनामा दिएको घोषणा गरेका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले पढाईका लागि शरीर बेच्नुपर्ने जस्तो आपत्तिजनक टिप्पणी गरेपछि मन्त्री तामाङको चौतर्फी आलोचना भएको थियो ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा चर्को आलोचना भएपछि उनले माफी मागेपनि विपक्षी दल नेपाली कांग्रेस, राप्रपा र विवेकशिल साझा पार्टीले मन्त्री तामाङलाई कारबाही गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

गैरजिम्मेवार हर्कत र बोली बोलेर जागिर गुमाउने तामाङ पुर्व एमालेभित्रका दोश्रो नेता हुन । यसअघि एमालेबाटै कृषिमन्त्री बनेका हरि पराजुलीले पनि रोपाईमा महिलालाई दुव्र्यवहार गरेको भन्दै मन्त्री पद गुमाएका थिए ।

तपाईको प्रतिक्रिया