fbpx

सरकार र डा.केसीबीचको छलफल सकारात्मक, निर्णायक वार्ता बुधबार हुने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । डा.गोविन्द केसीका माग सम्बोधनका विषयमा सत्तारुढ नेकपाका नेताले अग्रसरता लिएपछिको पहिलो वार्ता सकारात्मक भएको छ । मंगलबार बेुलकी साढे ९ बजेसम्म भएको वार्तामा सकारात्मक छलफल भएपनि ठोस निष्कर्षमा पुग्न सकेन ।

संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकलाई संशोधन गर्ने विषयमा दुबै पक्ष सहमत भएपछि वार्ता शुरु भएको थियो । यसका लागि नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङ र परराष्टमन्त्री प्रदीप ज्ञवालीले अग्रसरता लिएका थिए ।

उनीहरुले संवादहिनताको अवस्था तोडेर सहमतिका लागि माथेमा कार्यदलका संयोजक डा.केदारभक्त माथेमा, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटा, डा.केसी पक्षका वार्ता टोली सदस्यलाई भेटेर लचक हुन दबाब दिएका थिए ।

जसअनुसार मेडिकल माफिया अनुकुल रहेका बुँदा सच्याउने र माथेमा कार्यदलको सुझावलाई पनि विधेयकमा समेट्ने गरी छलफल अघि बढेको थियो । यस विषयमा मंगलबार रातीसम्मको बैठकमा छलफल भएको र बुधबार बस्ने बैठकले टुंगो लगाउने शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ प्रसाद अर्यालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

दुबै पक्षबीच सकारात्मक छलफल भई वार्ता समझदारी उन्मुख छ । थप विषयमा सहमतिका लागि बुधबार फेरी वार्ता हुनेछ । विज्ञप्तीमा उल्लेख छ ।

वार्तामा केसी पक्षले कम्तीमा ५ वटा मेडिकल कलेजलाई सम्बन्धन दिन पाइने तर काठमाडौँमा १० बर्षसम्म मेडिकल कलेज खोल्न नपाइने व्यवस्था विधेयकमा स्पष्ट हुनुपर्ने अडान राखेको छ ।

यसमा सरकारी वार्ता टोली लचक भएको छ । यदि बुधबार बस्ने वार्तामा डा.केसी पक्षले यी दुई बुँदालाई मानेर अहिले संसदमा रहेको विधेयक संशोधनसहित पेश गरी पारित गर्न सहमति दिएमा डा.केसीको २५ दिनदेखिको अनसन तोडिनेछ ।

यसका लागि दुबै पक्षबीच बुधबार बिहान फेरी वार्ता हुनेछ ।

तपाईको प्रतिक्रिया