fbpx

फिफा बर्ष खेलाडीमा मेस्सी र रोनाल्डोको बर्चश्व कसले तोड्ला यो बर्ष ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । यस बर्षका लागि फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा बार्सिलोनाका लियोनल मेस्सी र अहिले रियलबाट युभेन्ट्स पुगेको क्रिष्टियानो रोनाल्डो पनि परेका छन ।

मेस्सीले गत यस बर्ष ला लिगा र कोपा डेल रे जितेका छन भने रोनाल्डोले लगातार तेश्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन । फिफा बर्ष खेलाडीमा सबैभन्दा बढी मुल्यांकन हुने च्याम्पियन्स लिगको हो ।

जसअनुसार रोनाल्डो अघि छन । यसबाहेक रोनाल्डो र मेस्सी विश्वकप फुटबलमा फ्लप भएका थिए । दुबै जनाले आफ्नो टिम अर्जेन्टिना र पोर्चुगललाई अन्तिम १६ बाट अगाडी बढाउन सकेका थिएनन । तर रोनाल्डोले विश्वकपमा पहिलो ह्याटिक गरेका थिए । र समग्रमा लगातार चार विश्वकपमा गोल गर्ने यस पूस्ताका एक मात्रै गोल गर्ने खेलाडी बनेका थिए ।

तर फिफाका पदाधिकारी र विश्वभरका फुटबल सरोकारवालाहरुले विश्वकपको उपाधिलाई लिएर खेलाडीको मुल्यांकन गर्दा फ्रान्सका किलिएन एमबाप्पे दाबेदार बन्न सक्छन । उनले फ्रान्सलाई उपाधि दिलाउन सहयोग त गरे नै समग्रमा चार गोल गरेर फाइनलमा पनि गोल गर्ने विश्वकै प्लेपछिका खेलाडी बनेका थिए ।

फ्रान्सलाई विश्वकप र उनले खेल्ने फ्रेन्च लिगमा पिएसजीलाई लिग उपाधि दिलाउन सबैभन्दा राम्रो भुमिका एम्बाप्पेले खेलेका थिए । त्यसैले उनी फिफाको उत्कृष्ट तीन खेलाडीभित्र पर्न सक्ने सम्भावना पनि बढी छ ।

रोनाल्डो र मेस्सीले यसअघि पाँच पाँच पटकसम्म फिफा बर्ष खेलाडी अवार्ड जितिसकेका छन । रोनाल्डो पछिल्ला पटक लगातार दुई बर्ष फिफाको द बेस्ट अवार्ड जित्ने खेलाडी समेत हुन ।

रोनाल्डो, मेस्सी र एम्बाप्पेसँगै इंग्ल्याण्डका कप्तान ह्यारी केन, लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाह पनि परेका छन ।

त्यस्तै विश्वकप विजेता टोली फ्रान्सका एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे, राफायल भाराने तथा प्रतियोगिताका गोल्डेन बल पाउने क्रोएसियाका लुका मोड्रिच पनि उत्कृष्ट १० जनामा परेका छन ।

साथै चेल्सीका बेल्जियन स्टार इडेन हाजार्ड र म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डि ब्रुइल सूचीमा छन । तर शुरुको १० जनामा पीएसजीका ब्राजिलिएन स्टार नेइमार भने परेनन ।

यो अर्वाडका लागि प्रशिक्षक, प्रशंसक तथा सञ्चारकर्मीलेa भोट गर्नेछन् । उत्कृष्ट वर्ष पुरुष खेलाडीका साथै उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट पुरुष प्रशिक्षक, उत्कृष्ट महिला प्रशिक्षक, उत्कृष्ट गोलरक्षकका साथै फिफा फ्यान तथा पुस्कास अवार्ड पनि सँगै प्रदान गरिनेछ । तीन जनाको अन्तिम सूची आउँदो सेप्टेम्बरमा सार्वजनिक गरिनेछ ।

तपाईको प्रतिक्रिया